२८ फागुन । नेपालमा अहिले प्रतिव्यक्ति ७८ लिटर दूधकाे उपलब्धता रहेकाे डेरी उद्योग संघले जनाएकाे छ । तर दूधमा आत्मनिर्भर हुन प्रतिव्यक्ति बार्षिक ९१ लिटर आवश्यक पर्ने विश्व खाद्य तथा कृषि संगठनले सिफारिस गरेकाे छ ।
नेपालमा अझै प्रतिव्यक्ति बार्षिक १३ लिटर दूध अपुग छ । अहिले दूधको उत्पादन २२ लाख ६८ मेट्ट्रिक टन हुने गरेकाे छ । त्यसमा गाईकाे झण्डै ३५ प्रतिशत र अरु भैंसीको रहेकाे छ । माैसम अनुसार दूध उत्पादन हेर्दा जाडाे महिनामा उत्पादन बढि र गर्मीमा अभाव हुने गरेकाे डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताउनुभयाे ।
पाेखरामा भएकाे १२ औं बार्षिक साधारण सभामा संघका अध्यक्ष दाहालले भारत तथा तेस्रो देशबाट झण्डै २ अर्ब भन्दा धेरैकाे आयात गर्नुपरेकाे जानकारी दिनुभयाे । तथ्याङ्कअनुसार नेपालमा ठुला ४, मझौला ३०, साना ५०, घरेलु तथा साना गरी ५ सय भन्दा धेरै दूध उत्पादन गर्ने डेरीहरु छन् ।
तर स-साना खाद्यकाे अनुज्ञापत्र र लेवल विना सञ्चालन गरेका कारण उपभोक्ताले गुणस्तरकाे दूध पाउन नसकेका संघले जनाएको छ ।नेपालमा डेरी उद्योगमा नीजि क्षेत्रकाे लगानी ३० अर्बकाे हाराहारीमा छ । त्यस्तै ३० हजारले प्रत्यक्ष र ५ लाख किसान परिवार आश्रित रहेका छन् ।












