२८ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ११८ पुगेको छ।
शुक्रबार ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभर हालसम्म ९२९ जना सक्रिय संक्रमित रहेका छन्। गएको चौबीस घण्टामा २ हजार ५ सय १२ पीसीआर परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ।
काठमाण्डौ उपत्यकामा थप २६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाण्डौका १९, ललितपुरका ४ तथा भक्तपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो।












