२७ फागुन, काठमाण्डौ। प्रधानमन्त्री केपी ओलीलाई भेट्न जनता समाजवादी पार्टीका शीर्ष नेताहरु बालुवाटार जाने भएका छन् । आज अपरान्ह ५ बजे जसपाका शीर्ष नेताले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन् ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका नेताहरु बालुवाटार जानेछन् ।
जसपाका नेता लक्ष्मणलाल कर्णले वर्तमान राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री ओलीसँग जसपाले आफ्ना कुरा राख्ने बताए । संघीय परिषद् अध्यक्ष भट्टराईले आज बसेको पदाधिकारी बैठकले अन्य राजनीतिक दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको बताएका छन् ।
जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसँग उच्चतहमा संवाद गर्ने निर्णय गरेको छ।












