२६ फागुन, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ८६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ थियो। त्यस्तै तेजाबी सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेर ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।












