Ad #144479

पाचन क्रियाको समय पेटभित्र ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ । एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्ने गर्दछन् । धेरैपटक आवाज बिना नै पाद्नु हाम्रो स्वास्थको लागि खतरा पनि हुन सक्छ। पाद स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ । पादका केहि रोचक तथ्यहरु यस्ता छन्:

१. सबैभन्दा धेरै नुहाएको बेला पादेको पाद गनाउने गर्छ ।

२. हाम्रो पादमा हुने १ प्रतिशत हाइड्रोजन सल्फाईडले गर्दा हाम्रो पाद गनाउने गर्छ ।

३. पाद्नु स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ, किनकि यसले ब्लड प्रेसरलाई नियन्त्रण गर्ने काम गर्छ ।

४. मान्छे मरिसकेको ३ घण्टा पछि सम्म पनि पाद आईराखेको हुन्छ ।

५. एकजना मानिसले दिनमा करिब १४ पटक पाद्ने गर्छ भने जीवन भरमा करिब ४,०२,००० चोटी पाद्ने गर्दछ ।

६. पाद रोक्ने बानी स्वास्थ्यको लागि हानिकारक साबित हुन सक्छ । पाद रोक्दा पादमा हुने ग्यास टाउकोमा जान सक्ने र टाउको दुख्ने समस्या आउन सक्छ ।

७. पाद एक प्रज्वलनशील पदार्थ हो । यदी हामीले पादेको बेला आगो बाल्यो भने पाद पनि बल्छ ।