Ad #144479

हरेक मान्छेहरुको आफ्नो गोपनियता हुन्छ । कतिपय कुराहरु यस्ता हुन्छन्, जसमा गोपनियता अपनाएको बेश हुन्छ, । खासगरी परिवारिक र नितान्त व्यक्तिगत कुराहरो गोप्य राख्नुपर्छ ।

एकातिर हामी पारदर्शी हुनुपर्छ । मनको कुरा खोल्नुपर्छ भन्छौँ। तर, कतिपय कुरा सबैसँग साझेदार गर्नु राम्रो हुँदैन । भएभरका सबै कुरा अरुसँग साझेदार गर्दा त्यसले आफ्नो व्यक्तित्व खराब हुने मात्र होइन, अप्ठयारो पनि आउन सक्छ । त्यसैले हामीले कुराहरुलाई नियन्त्रणमा लिएर मात्र बोल्ने गर्नुपर्छ । यस्ता छन् गोप्य राख्नुपर्ने कुराहरु।

अपमानको कुराः

यदि कुनै कारणले कतै अपमानको सामना गर्नु भएको छ भने त्यसलाई गोप्य राख्नु नै उचित हुन्छ । यस्ता कुराहरु अरुलाई थाहा भयो भने उनीहरुले मजाक बनाउनेछन् ।

धन हानि भएमाः

अहिलेको युगमा मान्छेहरुले धन सम्पतिलाई नै मुख्य सूचक मान्ने गरेका छन् । सामान्यतया धनकै आधारमा सम्बन्धहरु बन्छन् र भत्किन्छन् । अतः यदि कहिल्यै धन हानीको समाना गर्नुप¥यो भने यस कुरालाई गोप्यनै राख्नु उचित हुन्छ । आफ्नो धनको नाश भएको अरुलाई सुनाउँदै हिँड्ने हो भने साथीभाईले समेत दुरी बढाउन थाल्नेछन् । संकटको बेलामा सहयोग गर्न पनि कोही निस्किदैनन् । साथै एकाएक कतैबाट ठूलो धनराशी आर्जन भयो भने, यो कुरालाई पनि गोप्य नै राख्रु पर्छ ।

पतिपत्नीको एकान्तः

पतिपत्नीले आफ्नो एकान्तको विशेष ख्याल राख्नुपर्छ । एकान्तमा गरिएका कुराहरु सधै गोप्य राख्नु उचित हुन्छ । यदि यस्ता कुराहरु अरुले थाहा पायो भने यो कुराले उनीहरुलाई चरित्र र सामाजिक जीवनलाई राम्रो गर्दैन् ।

पद प्रतिष्ठाः

कुनैपनि ठूलो पदमा पुगियो र त्यसवापत प्रशस्त मान सम्मान प्राप्त गर्नु भयो भने पनि यस कुरालाई गोप्य राख्नुपदर्छ । किनभने अर्काे व्यक्तिलाई यस्तो कुरा सेयर गर्नुभयो भने उ भित्र ईष्याको भावना जाग्नेछ र आफु बिरुद्ध षड्यन्त्र गर्न थाल्ने छ । यसबाट हामीले आर्जन गरेको पद र प्रतिष्ठा पनि गुम्ने खतरा हुन्छ ।

घरभित्रको झगडाः

अधिकांश परिवारमा स–साना झैंझगडा भइरहन्छन् । तर घरभित्रको आपसी झगडा कहिल्यै पनि बाहिर फैलाउनु हुँदैन । यसो गर्दा समाजमा परिवारको प्रतिष्ठामा आँच आउनेछ ।