२५ फागुन, काठमाण्डौ। निर्वाचन आयोगले आयोगमा १४५ नम्बरमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ नामको राजनीतिक दल खारेज गर्ने निर्णय गरेको छ । सर्वाेच्च अदालतको फैसलालाई आधार मान्दै निर्वाचन आयोगले आजबाट केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष भनि दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) खारेज गरेको हाे।
आयोग पदाधिकारीको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै, उक्त नाम भएको पार्टी अध्यक्ष ऋषिराम कट्टेललाई प्रदान गरेको छ । आयोगले सर्वाेच्चकै आदेश बमोजिम फेरि एकीकृत हुने हो भने १५ दिन भित्र निवेदनका साथ आउन एमाले र माओवादी केन्द्रलाई औपचारिक पत्र पठाएको छ ।
फेरि एकीकरण गर्ने भए दुबै दलले केन्द्रीय कमिटीबाट पारित गरेर निवेदन दिनुपर्ने पनि निर्णय गरेकोछ । पत्र दुबै पार्टी अध्यक्षको नाममा काटिएको बुझिएकोछ । साथै, आयोग पदाधिकारी बैठकले यसअघि सन्ध्या तिवारीका नाममा दर्ता नेकपा एमाले र गोपाल किराँतीका नाममा रहेको नेकपा माओवादी केन्द्र खारेज गर्ने निर्णय गरेको छ । उनीहरुलाई पनि १५ दिन भित्र नयाँ नाम दिन पत्र पठाइएको थाहा भएकोछ ।











