२५ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर थप ५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।यससँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
आज ६० संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७० हजार ९८७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले ८७० जना आइसोलेसनमा छन् भने ५६ जना क्वारेन्टाइनमा छन् ।
त्यस्तै हालसम्म २१ लाख ९९ हजार ९५० वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]











