धुम्बाराहीको पार्टी कार्यालयमा आज नेकपा एमालेको बोर्ड राखिँदै

२५ फागुन, काठमाण्डौ। नेकपा एमालेले पार्टी कार्यालय धुम्बाराहीमा आज पार्टीको नाम र साइनबोर्ड राख्ने भएको छ ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको हो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ र नेकपा ‘माओवादी केन्द्र’लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् ।

सोमबारबाटै देशभरका पार्टी कार्यालयहरुमा ‘नेकपा एमाले’ लेखिएका साइनबोर्ड राख्ने क्रम सुरु भएको छ । सोहीक्रममा धुम्बाराहीमा पनि नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न लागिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन भएपछि धुम्बाराही र पेरिसडाँडाका कार्यालयहरुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बोर्ड राखिएको थियो ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।

[sidebar name="button post"]