२५ फागुन, बारा। बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ बर्षिय रोहित शर्माको घरभित्रै हत्या भएको हो ।
उनी पेन्टरको काम गर्दथे । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए । दुई तले घरको तल्लो तलामा खाजा पसल छ । माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए ।
मंगलबार बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन् । माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको प्रहरीले जनाएको छ ।
[sidebar name="button post"]











