माओवादी केन्द्र अलग भएर जाने प्रचण्ड-नेपाल समुहको निर्णय

२४ फागुन, काठमाण्डौ। प्रचण्ड-नेपाल समुहले माओवादी केन्द्र अलग भएर जाने निर्णय गरेको छ । आज पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ। त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको छ। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए। एक केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ।

केपी ओली नेतृत्वको तत्कालीन नेकपा ‘एमाले’ का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ। त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ।

[sidebar name="button post"]