२४ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८१० पुगेको छ।
सोमबार ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ९२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्म देशभर ८७२ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार ३ सय ९९ पीसीआर परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ११ पुगेको छ।
गएको २४ घन्टामा काठमाण्डौ उपत्यकामा थप ५७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौका ४५, ललितपुरका ६ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ।












