Ad #144479

२४ फागुन, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बसेको हो ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो । हिजो नै दाहाल–नेपाल समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो ।

छलफलमा अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागीता थियो । स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु छन् ।