काठमाण्डौ आइपुग्यो मेलम्चीको पानी, प्रधानमन्त्री ओलीले भने,’लड्डु यस्तो बेला खाने हो।’

२२ फागुन, सुन्दरीजल, काठमाण्डौ। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा मिसाइएको हो। सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।

मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलमा प्रधानमन्त्री ओलीले अवलोकन गरेपछि पानी काठमाण्डौतर्फ पठाइएको हो। परियोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाण्डौमा झारिएको ठूलो सफलता प्राप्त भएको बताएका छन्।

उनको कटाक्ष नेकपा प्रचण्ड-माधव समूहतिर थियो, जसले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेको दिन खुसी साट्दै लड्डु खाएका थिए ।उनले जतिबेला पायो त्यत्तिबेला लड्डु खानु नहुने भन्दै यस्तो बेलामा लड्डु खानुपर्ने बताउँदै दाहाल-नेपाल पक्षलाई कटाक्षसम्म गरेका छन्।

आफ्नै सरकारका पालामा आफूले ठूलो उपलब्धि हासिल गरेको भन्दै उनले खुसी पनि व्यक्त गरेका छन्। कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष अग्नि सापकोटा, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री बिष्णु पौडेललगायत उपस्थित थिए।

काठमाण्डौलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासीलाई उनले धन्यवाद दिए ।

[sidebar name="button post"]