२१ फागुन, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ प्रचण्ड–माधव पक्षले आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । जेठो सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता परिर्वतन गरेको हो ।
बैठक अघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको र नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव पक्षको दाबी छ ।
आजको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको थियो । नेकपाका विवाद बढिरहेको र दुबै पक्ष ‘प्रचण्ड नेपाल पक्ष र ओली पक्ष’ पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ ।
[sidebar name="button post"]











