सरकार र विप्लवबीच हस्ताक्षर भएको तीनबुँदे सहमतिमा के छ ?

२१ फागुन, काठमाण्डौ। सरकार र नेकपा नेत्रविप्लव चन्द ‘विप्लव’ले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय सभागृहमा एक विशेष समारोहबीच हिजो भएको सहमतिपत्रमा आज सरकारी वार्ता टोली र नेकपा विप्लव समूहका प्रतिनिधिहरुले विशेष समारोहबीच हस्ताक्षर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको उपस्थितिमा दुबै पक्षको वार्ता टोलीका संयोजकहरु रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पत्र

१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।

२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।

३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

[sidebar name="button post"]