२१ फागुन, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा सुरू भएको छ। २३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भनेर प्रचण्ड-नेपालले बैठक बोलाएका हुन्।
त्यस्तै कांग्रेस संसदीय दलको बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। आजको बैठकमा आगामी रणनीतिबारे छलफल हुने कांग्रेसले जनाएको छ। प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन्।
[sidebar name="button post"]











