दुवै मिर्गौला फेल भएर जीवनमरणको दोसाँधमा छट्पटाइरहेका युवकद्वारा सहयोगको याचना

२१ फागुन, जाजरकोट। दुवै मिर्गाैला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको शय्यामा छट्पटाइरहेका नलगाड नगरपालिका–८ का ३६ वर्षीय नेत्रहादुर बस्नेत सहयोगका लागि याचना गरिरहनुभएको छ ।

उपचार गर्दागर्दै सबै सम्पत्ति सकिएको भन्दै उहाँले आफूलाई सहयोग गरेर बचाइदिन अनुरोध गर्नुभएको हो ।

अत्यन्त विपन्न परिवारका उहाँले अहिले काठमाडौँस्थित केएमसी अस्पतालमामा उपचार गराइरहनुभएको छ । उहाँको हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ । गत पुसमा बिरामी परेका उहाँलाई उपचारका लागि काठमाडौँ लगिएको थियो ।

शिक्षण अस्पताल काठमाडौँले दुवै मिर्गाैला फेल भएको पत्ता लगाएको थियो । काठमाडाँैमै उपचार गराइरहेका उहाँलाई खर्चले धान्न नसकेपछि अहिले उपचार कार्य रोकिने अवस्थामा पुगेको छ ।

आफन्तले मिर्गाैला दिने तयारी गरे पनि अर्थाभावले मिर्गाैला प्रत्यारोपण गर्न नसकिएको उहाँकी श्रीमती दिलमायाले बताउनुभयो ।“घरको आर्थिक अवस्था निकै नाजुक छ । छोरा, छोरी साना छन् । घरमा कमाइ गरिदिने कोही छैनन् ।

दैनिक छाक टार्नसमेत मुस्किल परिरहेको परिवारले मिर्गाैला प्रत्यारोपण गर्न लाग्ने रु १०/१२ लाख कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ”, उहाँले भन्नुभयो, “म श्रीमान्लाई बचाउन चाहन्छु तर हामीसँग पैसा छैन । अहिलेसम्म ऋणसाहु गरेर बचायौँ । प्रत्येक हप्ता दुईपटक डायलासिस गर्ने र दुई महिनामा एकपटक रगत दिनु पर्दछ ।” ।

[sidebar name="button post"]