Ad #144479

२० फागुन, काठमाण्डौ। सरकारले नेत्रविक्रम चन्द विप्लवमाथिको ३ बुँदे सहमति अनुमोदन गरेपिछ प्रतिबन्ध फुकुवा गरेकाे छ । सरकारले विप्लव समुहमाथि लगाइएको प्रतिबन्ध फुकुवा र नेता–कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता तथा थुनामुक्त गर्ने भएको हाे ।

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीचको वार्ता ‘फास्ट ट्र्याक’ विधिबाट टुंग्याउने समझदारी भएसँगै मन्त्रिपरिषद बैठकद्धारा प्रतिबन्ध फुकुवा गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा डा। राजन भट्टराई सदस्य रहेको सरकारी वार्ता टोली र पार्टी प्रवक्ता खड्गबहदाुर विश्वकर्मा प्रकाण्डको संयोजकत्वमा केन्द्रीय सदस्य उदय चलाउने दीपक सदस्य रहेको विप्लव पक्षको वार्ता टोलीबीच बुधाबार दुई चरणमा भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताइएको छ ।

शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहका महासचिव विप्लवले सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस नोटमा उल्लेख गरिएको छ। विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि उनी भूमिगत रहँदै आएका छन्।