२० फागुन, काठमाण्डौ।आज हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादबारेको फैसला पछि सरेको छ।
बिहीबार पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत र विशेष अदालतमा बिदा दिइएको छ ।
सर्वोच्च अदालतले नेकपाको नाममाा रहेको विवादमा निर्णय सुनाउनका लागि गत बिहीबार फागुन २० गते अर्थात आजका लागि मिति तोकेको थियो । तर बिदा परेका कारण पछि सारिएको हो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।
कट्टेलले आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखेकाे भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते सर्वोच्चमा रिट निवेदन दर्ता गरे थिए ।












