Ad #144479

रमिता दंगाल

१९ फागुन, काठमाण्डौ। काठमाण्डौको शंखरापूर नगरपालिका वडा नं १ चाँपावोटस्थित श्री चाँपावोट माध्यमिक विद्यालयको फागुन १४ मा सम्पन्न भएको ४० औँ बार्षिक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रमको अवसरमा पूर्व विद्यार्थी मणिराज ढकालले ११ छात्र छात्रा लाई नगद सहयोग वितरण गर्नु भएको थियो। पूर्व विद्यार्थी मणिराज ढकालले हाल विद्यालयमा अध्यनरत ११ जना जेहेन्दार छात्र छात्रालाइ जनही रु १००५ का दरले नगद वितरण गर्नु भएको हो ।

सो नगद रकम कार्यक्रमका बिच विद्यालयका प्रधानाध्यापक श्री बिष्णु कटुवाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णमान लामालाई हस्तान्तरण गर्नुभएको थियो।

त्यस्तै बार्षिक उत्सवको अवसरमा आर.एन्ड बि ट्रेड तथा बज्र विन्डोर्स ब्रम्हखेलका संचालक रामहरी घोरासैनी र बिनु ढकाल (पुर्व विद्यार्थी) ले ३० कार्टुन पिउने पानी वितरण गर्नुभएको थियो।

त्यसैगरी कार्यक्रममा देश विदेशमा रहनु भएका पूर्व विद्यार्थीहरुबाट समेत कार्यक्रम व्यवस्थापनका लागि रकम संकलन भएको पूर्व विद्यार्थी मन्चका कोषाध्यक्ष निरज दंगालले बताउनुभयो।

त्यसैगरी सोहि अवसरमा भुतपूर्व विद्यार्थी मन्चको तदर्थ कमिटी गठन भएको थियो। सो कमिटीमा सुरेन्द्र दहाल अध्यक्ष, बच्चु चौलागाईं उपाध्यक्ष ,सन्तोष चौलागाईं सचिब र निरज दंगाल कोषाध्यक्ष चयन हुनुभएको थियो। छिट्टै विधान निर्माण गरेर मंच पुनर्गठन गरिने अध्यक्ष दहालले बताउनु भयो। त्यस्तै विधान मस्यौदा समितिका संयोजकमा प्रकाश ढकाल रहनु भएको छ।

पूर्व विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको ४० औं वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णमान लामाले सभापतित्व गर्नु भएको थियो ।