Ad #144479

१९ फागुन, काठमाण्डौ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच एकै दिन दुई चरणको वार्ता भएको छ ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् ।

यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो ।

 छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन्।