Ad #144479

आजका मुख्य समाचारमा

सुवास नेम्वाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने नेकपा प्रचण्ड–माधव समूहको निर्णय

पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने भएको छ ।

विनियोजित बजेटमा छुटेको जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो

कर्णाली प्रदेश सरकारको चालू आव २०७७/७८ मा विनियोजित बजेटमा छुटेको जुम्लाले मङ्गलबार उच्च शिक्षा छात्रवृत्तिको बजेट प्राप्त गरेको छ ।

आलमलाई रिहा गराउन पहल गरिरहेको छुः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ ।

पशुपतिमा कोरोनाका कारण स्थगित भएको विशेष पूजा फागुन २५ देखि शुरु

पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ ।

नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री डा कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नुभएको छ ।

सुनको मूल्य तोलामा रु ५०० ले वृद्धि

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो ।

संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषद्वारा सरकारलाई पिपिई तथा प्रजनन स्वास्थ्य किट्स हस्तान्तरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषले (युएनएफपीए)ले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कंगो र गुएनामा इबोलाको संक्रमण, २८ जना संक्रमित मध्ये ११ जनाको मृत्यु

अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो ।

भारतमा कोरोना सङ्क्रमित हुनेको संख्या एक करोड ११ लाख नाग्यो

भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ११ लाख ३९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

रोटर्याक्ट क्लबको सहयोगमा पुस्तकालय निर्माण सम्पन्न

दोलखाको भिमेश्वर नगरपालिकाको चरिकोटस्थित मकैबारीमा रहेको हरिकीर्तन आधारभूत विद्यालयमा पुस्तकालय निर्माणको काम सम्पन्न भएको छ। पुस्तकालयको निर्माणमा ११ सय भन्दा बढि पुस्तक वितरण भएको थियो।

कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गर्नुुभएको छ ।

अमेरिकी सेना रहेको अखडालाई लक्षित गरी १० वटा रकेट प्रहार

पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ ।

दक्षिण सुडानमा विमान दुर्घटना, दुई पाइलट सहित १० जनाको मृत्यु

दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सवारी दुर्घटनामा परी विद्यार्थीको मृत्यु

ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । स१ज ५६७ नं को जीपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सभामुख र पूर्वप्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको पहिलो खोप

सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ संक्रमणविरुद्धको खोप लगाउनुुभएको छ । पूूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर खोप लगाउनुुभयो ।

आज मिति वि सं २०७७ साल फागुन १९ गते बुधबार । कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि सं २०७७ साल फागुन १९ गते बुधबार । तपाईंको राशिफल