प्रविणराज चालिसे
१९ फागुन, चरिकोट। दोलखाको भिमेश्वर नगरपालिकाको चरिकोटस्थित मकैबारीमा रहेको हरिकीर्तन आधारभूत विद्यालयमा पुस्तकालय निर्माणको काम सम्पन्न भएको छ। पुस्तकालयको निर्माणमा ११ सय भन्दा बढि पुस्तक वितरण भएको थियो। सो पुस्तकालयको निर्माण रोटर्याक्ट क्लब सुकेधारा, रोटर्याक्ट क्लब बानेश्वर रोयल, रोटर्याक्ट क्लब बानेश्वर, रोटर्याक्ट क्लब नागार्जुन र आशा प्रोजेक्टको मुख्य सहयोगमा ११ सय भन्दा बढि पुस्तक वितरण भएको हो भने पुस्तक वितरण रोटर्याक्ट क्लब सुकेधारा, रोटर्याक्ट क्लब बानेश्वर रोयल, रोटर्याक्ट क्लब बानेश्वरका युवा सदस्यबाट भएको थियो।

पुस्तक वितरणको काम फाल्गुन १५ गतेका दिन भएको थियो। उक्त कार्यक्रमको सभापति र मुख्य अतिथि दुबै सोहि विद्यालयका प्रधानाध्यापक हरिहर दाहाल हुनुहन्थ्यो। पुस्तकालयको निर्माण भएपछि धेरै मात्रामा विद्यार्थीहरु पुस्तक पढ्नका लागि विद्यालयमा भर्नाहुने विश्वास रहेको प्रधानाध्यापक दाहालले बताउनुभयो। पुस्तकालय निर्माणको कामबाट आफु निकै हर्षित भएको र विद्यालय छात्रहरूको उत्साह पनि बढेको उहाँले बताउनुभयो ।
पुस्ताकालय निर्माणको क्रममा जिल्ला विकास समितिको सहयोगमा भवन निर्माण भइसकेको थियो तर पुस्तक र पुस्तक राख्ने फर्निचरको निर्माणमा आर्थिक अभाव भएकाले काम रोकिएको थियो। पहिले पनि रोटर्याक्ट क्लब बानेश्वर कापि वितरणको सहयोग गरेको थियो। पुन रोटर्याक्ट क्लबको सहयोगमा पुस्तकालयको निर्माण सम्पन्न भएको हो ।

सो कार्यक्रमको नेतृत्व रोटर्याक्ट क्लब सुकेधाराका अध्यक्ष चन्द्रभक्त अधिकारीले गर्नुभएको थियो। पुस्तकालयको निर्माणले स्थानिय लगायत, विद्यालयमा आबद्ध धेरै मानिसहरु खुसी भएको अधिकारीले जानकारी दिनुभयो। प्रधानाध्यापक दाहाल रोटर्याक्ट क्लबको पटक पटकको सहयोगबाट आफु प्रभावित भएकोले आफुले पनि उक्त संस्थामा लाग्न चाहेको पनि बताउनभयो।
त्यसैगरी आगामी दिनमा इलामको आइतबारे अवस्थित दलित बस्तिमा रहेका मानिसको जीवन स्थर सुधार्नका लागि कुखुरको चल्लाहरू वितरण, काठमाण्डाैको गोकर्णेश्वर न.पा मा रहेको एक विद्यालयमा झोलाको वितरण गर्ने योजना रहेको रोटर्याक्ट क्लब सुकेधाराका अध्यक्ष अधिकारीले भन्नुभयो।

त्यस्तै पुस्तक वितरणमा चन्द्रभक्त अधिकारी, रजाई बज्रचार्य, जोली श्रेष्ठ, सुमती श्रेष्ठ, आश्मा दुलाल, लना, बिकास, बिना लगाएतका युवा सदस्यको सहयोग रहेको थियो। आउने दिनमा यस्तै सहयोगको भावना राख्दै, सिक्दै, मद्धत गर्दै अगाडी बढ्ने अधिकारीले बताउनु भयो।












