उर्लाबारी-५ का ३१ वर्षीय प्रविण बास्तोलाको शंकास्पद मृत्यु भएको प्रकरणमा प्रतिवादीमध्ये थप एक जनालाई जिल्ला अदालत मोरङले सोमबार एक लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले उर्लाबारी-६ का रमेश गिरीलाई एक लाख धरौटीमा छाड्ने आदेश गरेको अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले बताए । आइतबार प्रहरीको सम्पर्कमा आएका गिरीलाई नियन्त्रणमा लिई प्रहरीले सोमबार जिल्ला अदालतमा उपस्थित गराएका थिए । गिरीकै घरमा बास्तोलाको पुस ४ गते राती हत्या भएको थियो ।
उक्त घटनाको सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षडयन्त्र गरेको भन्दै परिवारजन विरोधमा उत्रेपछि प्रहरीले गत मंगलबार ६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ
उक्त घटनामा संलग्न रहेका अझै तीन जना फरार छन् ।
[sidebar name="button post"]











