१७ फागुन, काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले स्थायी र केन्द्रीय कमिटि बैठक बोलाउने भएको छ।
आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले तत्कालै स्थायी कमिटि र केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको हो। तर, दुवै बैठकको मिति भने तोकिएको छैन । विकसित पछिल्ला घटनाक्रमहरुबारे छलफल गर्न दुवै कमिटिका बैठक डाक्ने निर्णय सचिवालय बैठकले गरेको हो।
साथै, बैठकले पार्टीको आधिकारिकता सम्बन्धि पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष निकालिएको छ ।
[sidebar name="button post"]











