तौल बढेर चिन्तित हुनुहुन्छ ? स्लिम बन्न सुत्नुअघि पिउनु पर्ने तीन ड्रिङ्क्स यस्ता छन्

हामी सबैलाई बढ्दो तौलको चिन्ता हुन्छ । तर, यसलाई कसरी घटाउने ? यस प्रश्नको जवाफ सबैसँग नहुन पनि सक्छ । यसका लागि विश्वभर विभिन्न अनुसन्धान भएका छन् ।

एक अनुसन्धान अनुसार घन्टौ जिममा पसिना बगाउनु र राति सुत्नुअघि केही पिउनुले पनि तौल घटाउन सहयोग गरेको हुन्छ ।

तौल घटाउन सुत्नुअघि पिउनु पर्ने तीन ड्रिङ्क्स यस्ता छन् :

केमोमाइल चिया : केमोमाइल चिया वजन घटाउनका लागि सबैभन्दा राम्रो चिया मानिन्छ । बढ्दो तौल घटाउनका लागि राति सुत्नुअघि केमोमाइल चियाको सेवन गर्दा तौल घट्दै जाने प्रमाणित नै भएको छ ।

अनुसन्धान अनुसार यसले तौल घटाउने मात्र होइन, राम्रो निद्रा पनि लाग्ने गरेको प्रमाणित भएको छ ।

दालचिनीको चिया : कम समयमा नै तौला घटाउन चाहनेका लागि दालचिनीको चिया निकै उपयोगी हुने देखिएको छ । तौल बढ्दै जाँदा दालचिनीको चिया पिउनेहरुले तौल घटेको अनुभव गरेका छन् । यसले हाम्रो शरीरको मेटाबोलिजम र पाचन प्रणालीलाई सहज बनाउने भएकाले यो अत्यावश्यक देखिन्छ ।

मेथीको चिया : तौल बढ्ने मात्र होइन, निद्रा नलाग्ने समस्या पनि छ भने मेथीको चिया अर्को उत्तम विकल्प हो । मेथीले त पाचन प्रणालीको सुधारमा पनि निकै राम्रो काम गरेको हुन्छ । त्यसैले तौल बढेका र निद्रा नलाग्नेहरुले मेथीको चिया खानु उत्तम हुनसक्छ ।

[sidebar name="button post"]