मुर्तिकार महेश तुलाधर : कलाले खोपिएका चार शहिदका पाँच शालिकसँगै अरनिको, गणेशमान, पद्यरत्न…

सरोज कार्की

महेश तुलाधर मूर्तिकार हुनुहुन्छ । उहाँँले सानो उमेरदेखि नै बुवासँग बसेर मुर्ति बनाउन सिक्नु भएको हो । अहिले यहि पेशाले उहाँलाई नाम र दाम सँगसँगै जोडेको छ । उहाँ मुर्ति बनाएर नेपालका विभिन्न ठाउँमा सम्मानित समेत हुनुभएको छ ।

उहाँले गणेशमान सिंह, चारधामको गौतम बुद्ध, अरनिको, सहिदहरुको शालिक लगायत अन्य विभिन्न इतिहास, धर्म कला संस्कृति झल्किने शालिक, प्रतिमा र मुर्तिहरु बनाउन भएको छ । साथै देशका विभिन्न ठाउँमा आफ्नो कला पनि प्रदर्शन गरिसक्नु भएको छ ।

मुर्ति वा शालिक बनाउन हुनुपर्ने विशेषता

मुर्ति बनाउन सबै भन्दा पहिला त्यस मुर्ति वा शालिकको हुनुपर्ने गुणको बारेमा बुज्न जरुरी छ । यदी हामी कसैको प्रतिमा वा शालिक बनाउँदै छौँ भने पहिला आउन पर्ने आकृति जस्तै सहिदहरुको बनाउँदा देशको लागि काम गरिरहेको छु भनेर हँसिलो, आँखा रसिलो वा टोलाएको र जीउ फुर्तिलो र कसैसँग नझुक्ने हुनुपर्छ ।

गौतम बुद्धको हो भने पहिला शान्त देखिने र ३२ लक्षयणले युक्त जस्तै आँखा सानो वा इन्द्रधनुस झल्काउने, कान र बाहुला लामो–लामो, मधुर मुस्कान भएको र योग ध्यान गरेको हुनुपर्ने तुलाधर बताउनुहुन्छ ।

तुलाधरले बनाएका शालिक र तिनका विशेषताहरु

चार सहिदका ५ शालिक

तुलाधरलाई पहिला काठमाण्डौ महानगरपालिकाले चार सहिदको मुर्ति बनाउन प्रस्ताव गरेको थियो । उहाँले माघ १६ गते मनाइने सहिद दिवसलाई ध्यानमा राखेर चार सहिदको सम्झनामा उहाँहरुलाई मृत्युदण्ड दिएको ठाउँमा प्रत्येक सहिदको एक एक सालिक राख्ने निर्णय गर्नुभएको थियो । पहिला उहाँले शुक्रराज शास्त्री (टेकु) को शालिक तीन महिना लगाएर बनाउनुभयो । यो शालिकको उद्घाटनमा तुलाधरलाई पनि बोलाइयोे ।

त्यस समयमा त्यहाँ उपस्थित कोहिले स्कुलमा पढ्दा वा तस्बिरमा जस्तो देखे तेस्तै छ भन्दै सबै जना मूर्तिकारसंग फोटो खिच्न पर्यो भन्दै मेयर, वडाअध्यक्ष साथै उपस्थित सबैजसो फोटो खिच्न झुम्मिए । सहिद शुक्रराज शास्त्रीको मुर्ति राम्रो लागेको कारण बाँकी तीन सहिद धर्मभक्त माथेमा (सिफल), दशरथ चन्द (शोभा भागवती) र गंगालाल श्रेष्ठ (शोभा भगवती) को पनि शालिक बनाउन प्रस्ताव आयो ।

पछि धर्मभक्त माथेमाको जन्म स्थलमा पनि शालिक राख्ने निर्णय भयो र काठमाडौँको ओमबाहालका लागि अर्को शालिक थपेर राखियो । यसरी केहि दिनमा कान्तिपुरले चासोको बिषय बनाएका कारण चार सहिद र धर्मभक्तको थप एउटा गरी पाँच शालिक नाम दिएर अन्र्तवार्ता छापेको उहाँ बताउनुहुन्छ ।

अरनिकोको शालिक र युवा कलाकारको उपमा

उहाँ भन्नुहुन्छ,‘मैले बुवासँग बसेर धेरै शालिक बनाएको थिए । तर पहिलो पटक २५ वर्षको उमेरमा अरनिकोको शालिकका लागि प्रस्ताव आयो । त्यसको लागि मैले पहिला अरनिकोको केहि तस्बिरहरु लिए र स्केच तयार पारे । सर्वप्रथम मैले एउटा हातमा हम्मर र अर्को हातमा छिनो समाएको र साथमा चैत्य पनि बनाएर स्केच तयार पारें । पछि गएर संस्थालाई राम्रो लागेको कारण मलाई युवा कलाकारको नाम दिनु भएको थियो ।’

साँखु, शंखधर साख्वा : विशेष सम्मानित

साँखुमा राखिएको शंखधर साख्वाको सालिक पनि तुलाधरले बनाउनुभएको हो । शालिक बनाएपछि उद्घाटन कार्यक्रममा उहाँ अतिथिका रुपमा आमन्त्रण हुनुभयो । मेयर, वडा अध्यक्षका साथ सम्मानित पनि हुनुभयो । हरेक ठाउँमा उद्घाटन र कपडा उघारनुअघि सबैजनाले नाम सुनाउनुहुन्छ र सुन्नुहुन्छ । तर जब मुर्ति छोपिएको कपडा झारिन्छ त्यस पछि कामले चिन्नु हुन्छ र राम्रो बनाउनु भयो भनि फोटो लिन इच्छुक हुनुहुन्छ ।

यहाँ पनि सबै जना पहिला टुलुटुलु हेरिरहनु भएको थियो तर मुर्ति छोपिएको कपडा निकालेपछि जोडसंग पररर ताली बजाईयो र त्यहाँ सबै जनाले पालैपालो फोटो खिच्न अनुरोध गर्नुभएको मुर्तिकार तुलाधर बताउनुहुन्छ । ‘साँखुमा पनि माला खादासँगै ट्रफी र अरु इच्छुकले सेल्फी लिएर सोंचेको भन्दा राम्रो सम्मान गर्नुभयो ।’ उहाँ भन्नुहुन्छ,‘भक्तपुर कटुन्जेमा स्वर्गीय रामेश्वर ढुंगेलको शालिक उद्घघाटन अघि कसैले पनि नचिन्ने र पछि सबै जना फोटो खिच्न यता तान्ने, उता तान्ने भयो ।’

भक्तपुरमा पानी पिता ढुंगेलको शालिक

भक्तपुरबाट स्वः सासंद ढुंगेलको शालिक बनाउन प्रस्ताब आयो । कटुन्जेमा खाने पानीको प्रवन्ध गरेका कारण ढुंगेललाई त्यस ठाउँमा पानी पिता भनेर चिनिन्छ । उद्घाटनको बेला कांग्रेस नेता प्रकाशमान सिंहद्वारा खादा, माला र प्रमाण पत्रको साथ मुख्य सम्मान पाएको थिएँ । त्यसठाउँमा पनि उद्घघाटन अघि कसैले पनि चिनेको थिएन र उद्घाटन पछि सबै जना फोटो खिच्न यता तान्ने उता तान्ने र कसरी बनाउनु भयो भन्ने कुरा समेत आएको उहाँ सुनाउनुहुन्छ ।

गणेशमान सिंह : नेपालको सबै भन्दा ठुलो शालिक मध्ये एक

कटुन्जेमा गणेशमान सिंहको शालिक पनि उहाँले नै बनाउनुभएको हो । तर अझै उद्घाटन हुन भने पाएको छैन । १२ फिट भएको कारण नेपालको सबै भन्दा ठुलो शालिक मध्ये यो एउटा मानिन्छ ।

पद्मरत्न तुलाधर : बिर्सिन नसक्ने पल

महेश तुलाधर पद्मरत्नको शालिक बनाउँदा उहाँको घरमा मुर्तिको टाउको बोकेर जानुभएको थियो । ‘परिवारसंग एकछिन कुराकानी गरेपछि मुर्ति देखाएर कस्तो छ ? भनेर सोधेको तर पद्यरत्नको श्रीमतीले देख्नु भयो र एक्कासी रुन थाल्नुभयो । उहाँ भन्नुहुन्छ,‘ यस बेला आफ्नो परिवारको माया देखेर मेरो पनि आँखामा आँसु आएको थियो । यो शालिक अलि दुब्लो भयो अलि मोटो बनाईदिनु भन्नुभएको थियो । यो मेरो जीवनको कहिल्यै बिर्सिन नसक्ने पल मध्येको एक हो ।’

[sidebar name="button post"]