Ad #144479

नेपालमा पनि अनिद्राबाट पीडितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सन्तुलित खाना, स्वच्छ पानी, शुद्ध वायु जस्तै अपरिहार्य छ, गहिरो निद्रा पनि । चिकित्सकहरुले यसलाई औषधि समान भनेका छन् ।

अर्थात गहिरो निद्रा लिनु भनेको स्वास्थ्य शरीरको सूचक पनि हो । तपाईंलाई निदाइरहन गाह्रो छ? के तपाईं मध्यराति वा बिहानीपख बिउँझेपछि फेरि निदाउन समस्या छ? यदि यीमध्ये कुनै पनि समस्या छ भने बुझिलिनुस् तपाईंलाई कुनै न कुनै खालको अनिद्राको समस्या छ।

जब निद्रा विथोलिन्छ, स्वास्थ्यमा गडबड सुरु हुन्छ । अनिद्रा आफैमा एक यस्तो समस्या हो, जसले अरु समस्या पैदा गर्छ । उच्च रक्तचाप, मधुमेह, तनाव, छटपटीसँगै अरु रोगहरु यसले निम्त्याउँछ ।

पर्याप्त र राम्रो निद्रा स्वास्थ्यका लागि आवश्यक हुन्छ । निद्रा वि श्रामको गहिरो प्राकृतिक तरिका हो । निद्राले शरीरका अंग र मन-मस्तिष्कलाई गहन वि श्राम दिन्छ । एक प्रकारले मन.मस्तिष्क तथा सम्पूर्ण शरीरलाई रिचार्ज गर्छ भन्दा हुन्छ । निद्राबिना मस्तिष्कले ठीक काम गर्न सक्दैन ।

बेलुकाको खाना छिटो खाने गर्नु पर्। निद्रा विशेषज्ञ र मेडिकल अनुसन्धार्ताहरुले धेरैजसो रातको खाना विस्तरामा जान भन्दा डेढ घन्टा पहिले खानुपर्नेमा जोड दिने गर्छन । निद्राले मन तथा शरीरलाई अनेकौं फाइदा दिन्छ ।

शारीरिक तथा मानसिक थकान हटाउछ । मन.मस्तिष्क तथा सम्पूर्ण शरीरलाई पनुर्ताजगी गर्छ । शरीरमा नयाँ शक्ति सञ्चार गर्दछ । रोगप्रतिरोध शक्ति बढाउँछ । स्वास्थ्य ठीक राख्छ । ओजतेज बढाउँछ । मनलाई पनि आराम दिन्छ । उपर्युक्त लाभ प्राप्त गर्न दैनिक ६ देखि आठ घन्टा गाढा निद्रा सुत्नु आवश्यक छ ।

ओछ्यान सजिलो भएमा मात्रै तपाई आनन्दले निदाउन सक्नुहुन्छ । असजिलो डसना वा म्याट्रेसले पनि तपाईंको निन्द्रा खराब गर्न सक्छ । जब हामी आफ्नो कार्यस्थलमा पुरै समय व्यस्त हुन्छौं र यसपछि हामी जब एक्लो हुन्छौं त्यतिखेर चिन्ता र अत्यासको कारण हामीलाई निन्द्रा आउँदैन ।

थाकेको शरीरलाई आरामको आवश्यकता हुन्छ । दैनिक कम्तीमा पनि एक घन्टा कठिन परिश्रम गर्ने, नियमित योग वा एक्सरसाइज गर्ने, कार्यस्थलमा एकछिन भनेपनि हिँड्ने बानी बसाल्ने तथा हातहरुको हल्का परिश्रम सुनिश्चित गरेमा पनि तपार्इं आरामले निदाउन सक्नुहुन्छ ।