Ad #144479

आजका मुख्य समाचारमा

आज कोरोना संक्रमित हुनेको संख्या ७८ पुग्यो

पछिल्लो समय नेपालमा २४ घण्टामा थप ७८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ।

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जन आन्दोलनमार्फत पुनःस्थापित भएका थिए ।

नेकपा विवादको प्रभाव यसरी झमेला झेल्दैछ संसद्

सर्वाेच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन अबको आठ दिनभित्रै बस्दैछ ।

शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला

अब एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरूवा हुन पाइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुला गरिदिएको हो ।

जोन्सन खोपलाई अमेरिकाले दियो प्रयोगको अनुमति

कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।

विदेशमा थप तीन नेपालीको कोरोनाका कारण निधन

कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो ।

तेस्रो लाक्पा स्मृति कप २०७७ सम्पन्न : हरिसिद्धि विजयी, दक्षिणढोका उत्थान युवा क्लब उपविजेता

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका माकलबारीस्थित दक्षिणढोका उत्थान युवा क्लबद्वारा मनकामना फुट्सलमा आयोजित तेस्रो लाक्पा स्मृति कप फुटबल प्रतियोगिता २०७७ मा हरिसिद्धि फुटबल टिम विजयी भएको थियो भने दक्षिणढोका उत्थान युवा क्लब उपविजेता भएको हो ।

गन्तव्यमा नपुग्दै सुत्केरीको मृत्यु, नवजात शिशु भने सकुशल

प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिनुभयो ।

गृहजिल्ला झापा पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु भएको छ ।

अवहेलना सम्बन्धि मुद्दामा लिखित जवाफ पेश गर्न सर्वाेच्च पुगे प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सर्वाेच्च अदालत पुगेका छन्।

मोटरसाइकल दुर्घटनामा एक युबकको मृत्यु, एक युवती घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् ।

आज फागुन १६ गते आइतबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि सं २०७७ साल फागुन १६ गते आइतबार, तपाईंको राशिफल