Ad #144479

१६ फागुन, काठमाण्डौ। नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ ।शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको आईसीयूूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

आइतबार जोशीको दाहिने हात र खुट्टा चलेको छ । उनको होस खुलेपनि आँखा हेरेका छैनन् । बुधबार राती जोशीलाई मष्तिष्कघात भएको थियो । उच्च रक्तचापका कारण मष्तिष्कघात भएपछि उनलाई सुरुमा वीर अस्पताल लगिएको थियो । त्यहाँ टाउकोमा रगत जमेको देखिएपछि नर्भिक अस्पतालमा शल्यक्रिया गरेर टाउकोमा जमेको रगत निकालिएको थियो ।

भेन्टिरलेटरमा राखेर उनको उपचार चलिरहेको छ ।