Ad #144479

१४ फागुन, काठमाण्डौ। कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । आज बिहान ३ बजेतिर उनलाई शरीरको देब्रे भाग नचल्ने समस्या देखिएर उपचारका लागि सुरूमा उनलाई वीर अस्पताल पुर्‍याइएको थियो। त्यहाँबाट बिहान थापाथलीस्थित नर्भिक अस्पताल सारिएको हो ।

मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ। उनको स्वास्थ्य अवस्था जटिल रहेकोले अझै ४८ घन्टा निगरानी गरिने चिकित्सकहरूले बताएका छन्। जोशीको मस्तिष्कको नशा फुटेर मस्तिष्कमा रगत छरिएको थियो।

नर्भिकको आइसियूमा राखेर उनको उपचार जारी छ।