१४ फागुन, काठमाण्डौ। कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।
जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको उनको सचिवालयले जनाएको छ। जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ।
उनको अपरेशन गर्ने तयारी भइरहेको छ । उनको मस्तिष्कमा रगत जमेको छ।












