सरकार गठनबारे जसपासँग माधव-प्रचण्ड समुहको छलफल

१३ फागुन, काठमाण्डौ । नेकपाको माधव प्रचण्ड पक्षले भावी सरकार गठनका लागि संसदको तेस्रो ठूलो जनता समाजवादी पार्टीसँग छलफल गरेका छन्। नेकपा प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर जाने प्रस्ताव राखेको छ ।

संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका हुन् ।

यसअघि प्रचण्ड–माधव समूहका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । नेताहरुका अनुसार संसद विघटनविरुद्ध आन्दोलन गरेका शक्तिहरु मिलेर जानुपर्छ भन्ने मनसायका साथै दलहरुसँग छलफल भएको हो ।

[sidebar name="button post"]