कांग्रेससँग मिलेर जाने प्रचण्ड-नेपाल समुहको प्रस्ताव

१२ फागुन, काठमाण्डौ । नेपाली कांग्रेससँग मिलेर जाने नेकपा प्रचण्ड-नेपाल समुहले प्रस्ताव गरेको छ । बुधबार दिउँसो कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन् ।

प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमा पुगेका हुन् । देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो । दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्को चरणको वार्तामा बस्न सहमत भएका छन् ।

भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन् ।

देउवाका सहयोगी भानु देउवाका अनुसार विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्नेबारे सभापति देउवासँग प्रचण्ड-नेपालको छलफल केन्द्रीत रहेकाे हाे ।

यससँगै सभापति देउवाले पार्टी पदाधिकारी बैठक पनि बोलाएका छन्। बिहीबार अपरान्ह ३ बजे पदाधिकारी बैठक बोलाइएको उनले जानकारी दिए।

[sidebar name="button post"]