ओली समूहकाे सुर्खेतमा आयोजित आमसभा स्थगित

१२ फागुन, काठमाण्डौ । नेकपा केपी ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ । कर्णाली प्रदेशको आयोजनामा वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको हो ।

यसअघि विभिन्न शहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा १४ गते आयोजना गर्न लागेको सभा स्थगित गरेको हो । हिजोसम्म राजनीति एजेण्डा एउटा थियो आज बदलिएको छ । संसद पुनर्स्थापना भयो । अब एजेण्डा नै परिवर्तन भएकोले कार्यक्रम स्थगित गरिएको हो ।

केपी समूहले कर्णाली प्रदेश स्तरीय कार्यक्रम सामाजिक विकास मन्त्रालय अगाडिको चौरमा आयोजना गर्न लागेको थियो । उक्त स्थानमा मञ्च बनाउनका लागि तयारीसमेत थालिएको थियो । कार्यक्रमलाई केपी ओलीले सम्बोधन गर्ने तय भएको थियो ।

[sidebar name="button post"]