१२ फागुन, काठमाण्डौ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आफू पक्षीय स्थायी समिति सदस्यहरुको बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने भनिएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखिएको हो । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम बदर गरिदिएको थियो।
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो ।
[sidebar name="button post"]











