११ फागुन, काठमाण्डौ। प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा नेकपा पार्टीको प्रचण्ड-नेपाल समूहले देशभरि खुसीयाली मनाइरहेको छ।
प्रधानमन्त्री केपी ओलीको संसद बिघटनबिरुद्ध विहीबार हुने बिरोधसभालाई सम्बोधन गर्न बुधबार चितवन आईपुगेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपालले संसद पुनस्थापना भएको अवसरमा एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका छन् ।
बुधबार साँझ सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने आदेश सुनाएलगत्तै उनीहरुले कार्यकर्ताहरुलाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । भोलि हुने भनिएको बिरोधसभा अब विजयसभामा परिणत हुने भएको छ ।
[sidebar name="button post"]









