विप्लवमाथिको प्रतिबन्ध हट्ने

११ फागुन, भूमिगत राजनीतिमा रहेकोे नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमाथिको प्रतिबन्ध हटाउने मुख्य अजेण्डा राखेर अहिले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक गरिरहेका छन् ।

यसअघि आजै बिहान बालुवाटारमै सुरक्षा परिषदको बैठकसमेत बसेको थियो । विप्लवसँग चुनावी तालमेल गर्ने तहसम्मको अनौपचारिक सहमति जुटाएका ओलीले आजबाटै उक्त दलमाथि लगाइएको प्रतिबन्ध हटाउन लागेको हो ।

अहिले मन्त्रिपरिषद बैठक बसि रहेकोछ । ओलीले हिजो नै बैठक राखेर प्रतिबन्ध हटाउन र वार्ता कमिटी गठन गर्ने तयारी गर्नुभएको थियो । तर हिजो कञ्चनपुरमा एउटा कार्यक्रम राखिएकाले फर्कन ढिलाई भएको थियो । त्यसैले आजका लागि बैठक डाकिएको हो –बालुवाटार निकट स्रोतले भन्यो ।

उता, आजै बिहान बसेको सुरक्षा परिषद बैठकपनि राखिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनउपर फैसला हुने अन्तिम तयारी भइरहेका बेला हिजो अकस्मात प्रधान सेनापति पूर्णचन्द्र थापाले सर्वाेच्च अदालतमा गई प्रधानन्यायधीश चोलेन्द्रसम्शेर राणासँग एक घण्टा गोप्य भेट गरेका थिए ।

लगत्तै सुरक्षा परिषद बैठक बसेकाले विभिन्न खाले आशंका उत्पन्न भएको छ । यद्यपि बैठकले गरेको निर्णयबारे अहिले केही खुलाइएको छैन ।

[sidebar name="button post"]