जावलाखेलमा बसको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

१० फागुन, काठमाण्डौ । ट्राफिक चेकिङमा परेकी स्कुटर चालक महिलाको जावलाखेलमा बसको ठक्करबाट मृत्यु भएको छ । सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएपछि जावलाखेल चोकमा एक महिलाको मृत्यु भएको हो ।

बा २ ख ३५७४ नम्बरको बसले प्र ३-०२-०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । स्कुटर चालक अन्दाजी ३३–३४ वर्षीया महिला हुन्। उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो। चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]