Ad #144479

१० फागुन, काठमाण्डौ । काठमाण्डौको नागार्जुनबाट आइतबार दिउँसै सुन र चाँदीका विभिन्न गहना चोरी भएको नेपाल प्रहरीले जनाएको छ ।

नागार्जुन नगरपालिका-२ देवनगर डेरा गरी बस्ने गुल्मी घर भएकी ३२ वर्षीया अनिता खत्रीको कोठाबाट नगद २० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हो ।

यस्तै प्रहरीका अनुसार काठमाण्डौ महानरगपालिका-२६ म्हैपी देबुमार्ग डेरा गरी बस्ने तेह्रथुम नामलुङ नगरपालिका-४ घर भएका ४१ वर्षीय दुख बहादुर बुढाथोकीको कोठाबाट नगद ८० हजार रुपैयाँ तथा सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।