१० फागुन, गोरखा। गोरखाको सुलिकोट गाउँपालिका १ बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ रहेका छन् ।
सोमवार बिहान घरमै मृत फेला परेको प्रहरीले जनाएको छ । मृत्यु भएकाहरुको मुखबाट फिँज आएको प्रहरीले जनाएको छ । साथै उनीहरुको हत्या गरिएको जस्तो देखिएको प्रहरीले बताएको छ ।
गोरखा प्रहरी कार्यलयका अनुसार अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको र घटनाको अनुसन्धान भईरहेको छ ।
[sidebar name="button post"]











