८ फागुन, काठमाण्डौ। पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी तथा नेतृ उषाकला राई फेरि नेकपा ओली समूहमै फर्किएका छन् ।
संसद विघटन भएसँगै तामाङ दम्पति नेकपाको प्रचण्ड नेपाल समुहमा गएका थिए । तर, सो समूहमा सही व्यवस्थापन हुुन नसक्ने देखेर आफूूहरु फेरि ओली समूहमा फर्किएको तामाङ दम्पतीले जनाएका छन् । सिन्धुपाल्चोक २ बाट निर्वाचित शेरबहादुर नेकपाको केन्द्रीय सदस्य हुन् ।
उनीहरु दुई महिनाअघि नेकपा ओली समूहबाट प्रचण्ड नेपाल समूहमा गएका थिए । आज उनीहरु प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने भन्दै पुन: ओली समूहमा फर्किएका हुन् ।
[sidebar name="button post"]











