खुकुरी प्रहार गरी श्रीमतीको हत्या

फागुन, दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका-६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले बताएअनुसार शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ । प्रहरीले खोजतलास गर्दा भागेर कालिञ्चोक-७ मा पुगेको अवस्थामा बिहानै उनलाई पक्राउ गरिएको हो ।

श्रीमती २३ वर्षीया सुनिता थामीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाउने तयारी गरिएको छ । हाल पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।

[sidebar name="button post"]