नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण

७ फागुन, एजेन्सी । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ ।‘अमेरिकी पर्सीभीअरेन्स’ नाम दिइएको यानले शुक्रबार बिहान २ बजेर ४० मिनेटमा मंगलग्रहको सतह छोएको हो ।

सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो ।

‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मंगल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकहरु खुसीले उफ्रिएका थिए । यो यानलाई मंगल ग्रहमा सफल अवतरण गराउनु नै सबैभन्दा ठूलो चुनौती ठानिएको थियो ।

[sidebar name="button post"]