गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु

गुल्मीको परालमीमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

दुर्घटनामा परेका अन्य घाइतेको उपचार भैरहेको । दुर्घटनामा परेको उक्त जिपमा १० जना सवार थिए ।

[sidebar name="button post"]