४ फागुन, धनुषा । धनुषामा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको कमला नगरपालिकामा २ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी बिहानै घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरीले जनाएकाे छ । मृतक महिलाको घाँटीमा निलडाम रहेको छ ।
मृतक खुशीलाल गडेरीका जेठी पत्नी हुन् । संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएको प्रहरी निरीक्षक रोकायाले बताए । मृतक महिलाको शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।
पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य कुरा खुल्ने बताउँदै प्रहरी निरीक्षक रोकायाले फरार भएका उनका पतिको पनि खोजी भइरहेको बताए ।
[sidebar name="button post"]









