पहाडी भू-गमा आंशिकदेखि सामान्य बदली

४ फागुन, काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको बुलेटिनमा अहिले प्रदेश न १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-गमा आंशिकदेखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ।

राती प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकि पहाडी भू-गमा आंशिक बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ।

बुधबार दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ।

राती देशका पहाडी भूभागहरुमा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ।

बिहीबार दिउँसो देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ।
राती प्रदेश नं १ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ।

हल्का बर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका थोरै भू-भागमा बिहानीपख हुस्सुरकुहिरो लाग्न सक्ने हुदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकोले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

[sidebar name="button post"]