ओली समूहकाे बुटवलमा जुलुस, चारैतर्फका नाकाहरू जाम

१ फागुन, काठमाडौं । नेकपा ओली समूहले बुटवलमा जुलुस निकालेको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली केही समय अगाडि हेलिकप्टरमार्फत प्रदेश प्रहरी तालिम केन्द्रमा अवतरण गरेसंगै ओली समुहले जुलुस निकालेको हो ।

अहिले प्रदेश स्तरीय र रुपन्देहीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेकपाका नेताहरूले सम्बोधन गरिरहेका छन्। रुपन्देहीका विभिन्न स्थान र छिमेकी जिल्लाहरूबाट सभामा सहभागी हुन आउने क्रम जारी छ।

बुटवल आउने चारैतर्फका नाकाहरू जुलुसले जाम भएका छन्। सभास्थलमा भने ओली अझै आइपुगेका छैनन्।

[sidebar name="button post"]