Ad #144479

३० माघ, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा एकजना बालकको नालामा डुबेर मृत्यु भएको छ । पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझदेखि हराएका हिमांसुको खाजी गर्ने क्रममा घर अगाडिको नालामा मृत फेला परेको प्रहरीले जनाएकाे छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।